ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि कोहलपुर क्षेत्र तनावग्रस्त

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर २२, आइतबार  
ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि कोहलपुर क्षेत्र तनावग्रस्त

काठमाडौँ । बाँकेको कोहलपुरमा ट्रकको  ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि आइतबार बिहानैदेखि कोहलपुर क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको हो। त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो। 

बालिकालाई ठक्करदिने सोही ट्रकमा आक्रोसित स्थानीयले आगजनी समेत गरेका थिए । बालिकालाई ठक्कर दिएर भागेका चालकलाई जोगाउन खोजेको भन्दै स्थानीय र विद्यार्थीले प्रहरी चौकी घेराउ गर्नुको साथै दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका  थिए । 

भिड नियन्त्रण गर्नको लागि प्रहरीले अश्रु ग्यास प्रहार गर्नुको साथै  हवाई फायरसमेत गरेको  छ । यसैबिच प्रहरीले चलाएको गोली लागेर त्रिभुवन माविमा कक्षामा ९ का विद्यार्थी सुशील थापा गम्भीर घाइते भएका छन्।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार