सबै स्थानीय तह पक्की सडकले जोडिने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर २१, शनिबार  
सबै स्थानीय तह पक्की सडकले जोडिने

काठमाडौँ । प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म अब पक्की सडक सञ्जालले जोडिने भएको छ ।

यससँगै सडक सञ्जालले जोडिन बाँकी करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगीसकेका स्थानीय तहमा पक्की सडकले जोडिने छ ।

सरकारले राष्ट्रिय र प्रादेशिक  सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्र्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माणको लागि कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि गरी रायका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि लागू हुने गरी काम अगाडी बढाइने मन्त्रालयले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार