संस्कृति जोगाउन पर्यटन विद्यार्थीले फुड फेस्टिवल आयोजना गर्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर २०, शुक्रबार  
संस्कृति जोगाउन पर्यटन विद्यार्थीले फुड फेस्टिवल आयोजना गर्ने

काठमाडौँ । संस्कृति जोगाउन पर्यटन विद्यार्थीले आगामी मंसिर २१ गते शनिबार फुड फेस्टिबल कार्यक्रम आयोजना  गर्ने भएका छन् । काठमाडौँस्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर केल टोल जनवहाल असनमा यमरी पुन्ही फुड फेस्टिवल  हुने भएको हो । 

उपत्यका भित्रका नेवारी  समुदायको विशेष परिकारको रुपमा मानिने यमरीको स्वाद लिन सकिनेछ । यमरी पुन्हीको पुर्वसन्ध्यामा सहभागी हुनेहरुले स्टलमा राखिएका विभिन्न फरक फरक परिकारहरुको अर्गानिक स्वादको मज्जा लिन पाउनुको  साथै विशेष छुटमा योमरी किन्न सक्नेछन् । 

पर्यटन क्षेत्रमा सक्रिय रहेका विद्यार्थी मञ्च नेपालको आयोजनामा नेवारी समुदायमा १ शताब्दीको इतिहास रचेको यमरी पक्कै पनि रोचक र फरक स्वाद बन्न सक्नेछ । पछिल्लो समय लोप हुँदै गएको मौलिक परिकारहरुलाई जर्गेना गर्ने नयाँ पुस्ताहरुलाई स्वाद चखाउन आफुहरुले यमरी पुन्ही फेस्टिबल ११४०को आयोजना गरिएको पर्यटन विद्यार्थी मञ्च नेपालका अध्यक्ष अभिषेक अर्यालले जानकारी दिए ।

नेवारी परिकारको संरक्षण,नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम संयोजक एबम मञ्चकी सचिव बिजिता शाक्यले  बताएकी छन् । पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उदेश्यले उक्त कार्यक्रम मंसिर २१ गते (शनिबार) बिहान ११ बजे देखि बेलुकी ६ बजेसम्म चल्ने र बिदेशी सहभागीहरुलाई यमरी बनाउन सिकाईने उनले जानकारी दिईन । उक्त कार्यक्रमलाई पर्यटनसंग आबद्ध बिभिन्न संघ सस्थाहरुले सहयोग र सहकार्य गरेका छन ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार