इन्डोनेसियाको पूवी प्रान्तमा शक्तिशाली भूकम्प

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर १८, बुधबार  
इन्डोनेसियाको पूवी प्रान्तमा शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेसियाको पूर्वी प्रान्तमा बुधबार शक्तिशाली भूकम्प गएको छ ।

इन्डोनेसियाली  भूगर्भ  विभागका अनुसार ५.५ म्याग्नेच्यूडको भूकम्प गएको बताइएको छ ।

विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट १८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १९१ किलोमिटर गहिराईमा रहेको जनाएको छ ।

इन्डोनेसियामा बर्सेनि भूकम्पका धक्काहरु महसुस गर्न सकिन्छ ।


 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार