प्रधानमन्त्रीले अस्पतालबाट भनेः मेरो स्वास्थ्यमा सुधार भइरहेको छ ।

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर १२, बिहीबार  
प्रधानमन्त्रीले अस्पतालबाट भनेः मेरो स्वास्थ्यमा सुधार भइरहेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् । उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचौं पटक डायलाइसिस गरिएको थियो । 

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नै आज डायलाइसिस गरिएको थियो । 


अस्पताल स्रोतले भन्यो,‘प्रधानमन्त्री मिर्गौलाका समेत बिरामी भएकोले उहाँको मिर्गौलाले काम गर्दैन, त्यसैले अहिले भर्खरै डायलाइसिस गरेर सकियो । अहिले प्रधानमन्त्री आईसीयूमै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीको यसअघि ग्राण्डी अस्पतालमामा डायलाइसिस गरिएको थियो ।

यसैबीच अस्पातलले प्रेस विज्ञप्ति  जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाउँदै निरन्तर निगरानीमा राखेर उपचार भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार