कक्षा ९ का विद्यार्थीले बनाए पेट्रोल बिना चल्ने मोटर साइकल 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर १२, बिहीबार  
कक्षा ९ का विद्यार्थीले बनाए पेट्रोल बिना चल्ने मोटर साइकल 

बागलुङ । चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थीले ब्याट्रिबाट चल्ने मोटरसाईकल ईलेक्ट्रिक बाईक बनाएका छन् । बागलुङ नगरपालिका २ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भोल्टको मोटर, ४ वटा लिडएसिड ब्याट्रि, एउटा १२ भोल्टको बेट्रि, २० एम्पयरको एउटा ब्याट्रि, १ पिस कन्ट्रोलर, १ एक्सिलेटर र बाईकको पुरानो फ्रेमबाट, ब्याट्रिबाट चल्ने बाईक निमार्ण गर्नुभएको हो ।कक्षा ९ मा अध्ययनरत श्रेष्ठले युटुभको सहायता लिएर उक्त बाईक निर्माण गरेको बताए । 


गत साउनदेखि सुरु भएको बाईक निर्माण कार्य मंसिरमा सम्पन्न भई विद्यालयमा प्रदर्शनी गरिएको थियो । यसअघि श्रेष्ठले क्ल्याफ स्विच वल्भ, स्फिकर इन्भटर जस्ता ईलेक्ट्रिक सामान बनाएका थिए ।

बाईक निर्माणमा व्यक्तिगत ६० हजार लगानी भएको थियो भने विद्यालयले ब्याट्री सहयोग भएको थियो । फुर्सदको समयमा नयाँ नयाँ खोज र अनुसन्धामा ध्यान दिने श्रेष्ठले भविष्यमा ईलेक्ट्रिक ईन्जिनियर बन्ने लक्ष्य लिएको बताए । 


श्रेष्ठले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय परिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्रर्दशनी समेत गरिएको थियो । विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले विद्यालयका तर्फबाट केही प्राविधिक सामग्रीसहित निर्माण कार्यमा सहयोग गरेका थिए। 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार