मिस वर्ल्डमा मिस नेपाल अनुष्कालाई भोट गरी जिताउन एनआरएनए यूकेकी उपाध्यक्ष रोजिनाको अपिल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर ६, शुक्रबार  
मिस वर्ल्डमा मिस नेपाल अनुष्कालाई भोट गरी जिताउन एनआरएनए यूकेकी उपाध्यक्ष  रोजिनाको अपिल

काठमाडौँ  । गैर आवासिय नेपाली संघ एनआरएनए यूकीकेकी उपाध्यक्ष रोजिना प्रधान राईले मिस वल्डमा नेपाललाई जिताउन मिस नेपाल  अनुष्का श्रेष्ठलाई भोट गर्न अपिल गरेकी छन् ।

नेपाललाई जिताउन  धेरै भन्दा धेरै भोटको आवश्यकता पर्ने भएको कारण अनुष्कालाई  भोट गरेर जिताउन  अनुरोध गरेकी छन् ।

सन् २०१९ मा नेपालको तर्फबाट मल्टीमिडिया अवार्ड जित्नको लागि अनुष्कालाई लाइक गर्नुपर्नेछ । जसको लागि MOBSTAR एप्स डाउनलोड गरेर अनुष्का श्रेष्ठ सर्च गरी लाइक गर्न सकिनेछ । जसले गर्दा अनुष्कालाई भोट बढाउन सहयोग मिल्नेछ ।

उक्त पेजमा भएको अनुष्काको फोटोको एक लाइक एक भोटको रुपमा गणना हुनेछ । नेपालबाट मिस वल्डको प्रतिस्पर्धा गर्न लागेकी अनुष्कालाई मिडियाले टप १० मा राखेको छ ।

नेपालले मिस वल्डको मल्टी मिडिया अवार्ड जित्न  टप २० भित्र पर्नुपर्ने हुन्छ । आगामी डिसेम्बर १४ तारिखमा मिस वल्ड प्रतिस्पर्धामा विश्वभरिबाट करिव १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार