पर्यटन व्यापारमा विदेशीको बढ्दो अतिक्रमण ! यसको अन्योल भविष्य !

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर २, साेमबार  
पर्यटन व्यापारमा विदेशीको बढ्दो अतिक्रमण ! यसको अन्योल भविष्य !

काठमाडौँ । पर्यटन व्यवसाय एउटा मान्यतामा स्थापित  स्वरोजगारी व्यवसाय हो , यस व्यवसायमा मुलत तिन प्रकारका व्यवसायीको वर्गीकरण गर्न सकिन्छ।

१.रोजगारी प्रदायक ठुला व्यवसाय : यस्ता व्यवसायमा दुई वा दुई भन्दा बढी जस्मा विदेशी लगानीकर्ता पनि सामेल हुन सक्छ ,यस्ता व्यवसायले राज्यलाई आम्दानी अनुसारको राजस्व तिरिरहेको हुन्छ ।

साथै राम्रो रोजगारी पनि सिर्जना गरि व्यवसाय विस्तारित गर्दछन ,कम्पनीमा लगाउनु पर्ने र गर्नु पने सबै प्रकारका नियमको पालना गरि व्यवसाय सञ्चालन गरिएको हुन्छ , यस्ता व्यवसाय बाट राज्यले अपेक्षाकृत धेरै आशा नगरे पनि यस्को विभिन्न क्षेत्रमा आफ्नै प्रकारको योगदान रहन्छ।

२.मध्यम

३.साना स्वरोजगार व्यवसाय

सनः २००० को सेरोफेरोमा European र western कल्चरबाट दिक्क मानेर अधबैसे  विदेशीहरु नेपाल जस्ता सजिलै भिसा लाग्ने मुलुकमा प्रवेश गर्थे, आफ्नो घर जग्गा झोली गुम्टा सबै बेच बिखन गरि सुख र सान्तीको खोजिमा नेपाल आउथे ।  तत समय हिप्पी युग भन्दा धेरै पछिको हो !

यस समयमा आउने यात्रीहरुको उद्देश्य लामो समय एकै ठाउँमा रहने , पुर्वीय सभ्यताबाट प्रभावित यस्ता यात्रीहरु साह्रै दयावान र सहयोगि हुन्थे । सनः २००० ताका नेपालका विभिन्न पर्यटकीय स्थानका स्थानियहरुले प्रभावमा पारेर होटेल, जग्गा ,रेस्टुरेन्ट त धेरैलाई नगद पैसा नै सौगातको तवरले दिने बढी नै आएको थियो । केहि औलामा गन्न सकिने पर्यटन व्यवसायी अहिले पनि यहि पेशामा स्थापित नै छन्।

सनः 22.november . २००६ को सान्ती सम्झौता  कार्यवन्यनको दिशामा अघि बढेसँगै  सनः 2007
पछि,बिदेशी पर्यटकहरु सानदार रुपमा बढ्ने क्रम सुरु भयो 
।  त्यसबाट विश्व जगतलाई नेपाल हेर्न र घुम्ने चाहनामा पर्यटक बढ्ने क्रम सुरु भए सँगै , चाइनिज र भारतिय पर्यटकको पनि बढी नै
आउन सुरु भयो ।

चाईनाबाट आउने पर्यटकको व्यापार पाउने आशामा नेपालमा अप्राकृतिक प्रतिस्पर्दा हुन सुरु भयो र क्रम संगै धेरै नेपाल स्तिथ एजेन्सी उधारोमा व्यापार ल्याउने अभिलासामा रातारात करोडौ कमाउने सोचमा ऐजेन्सी सन २०११ तिर टाट पल्टिन सुरु भए  साथै दुई चार वटा ऐजेन्सी त सडकमा नै आईपुगे  त्यस्को ज्यूदो साँची हामी नै जिवित छौ ।

त्यसै गरि भारतबाट आउनेको चाप बढेपनि आधा  आधि भारतीय पर्यटक आफ्नै व्यवस्थापनमा चुलो चौका सहित आउने क्रम हुवातै बढ्यो , आफै पकाउने ,आफ्नै खाने र आफ्नै गाडीमा दृश्यावलोकन  गर्ने
धार्मीक पर्यटनको चापले खासै नेपाली व्यवसायीलाई आर्थिक पाटोतिर लाभ हुन सकेन । आज पनि ठमेल पर्यटन क्षेत्रको हब नै मानिन्छ ।

यस क्षेत्रमा दसकौ देखि व्यवसाय गरि बसेका भारतीय कस्मिरीहरु धेरै विस्थापित भईसके , औलामा गन्न सकिने अझै जसो तसो  चलचे चलाते ऋण धन गरि व्यवसाय गरि बसिरहेका देखिन्छन । 

सरकारको लापरबाही र पर्यटन क्षेत्रमा यस्को अन्योल भविष्य

व्यक्तिगत ल्याकत र भिजनबाट चलिरहेको व्यवसाय सनः २००८ बाट चाईनिज  पूर्ण रूपमा बजारमा प्रवेश गरेपछि डगमगाउन सुरु भयो , थोरै चाईनिज व्यापारी राज्यको नियम अन्तरगत नै बसि व्यवसाय गरेका होलान  तर धेरै चाईनिजहरु अतिक्रमणको शैलिमा चाईना टावन नै खडा गरि ज्याठालाई &quot चाईना टावन " बनाउने भिजनमा छन ।

भाडामा दिएका घर धनि सँगको दादागिरीको हल्ला त कति हो कति ,पर्यटन व्यवसायमा पर्यटक ल्याउने उनीहरु , व्यवसाय गर्ने उनिहरू,पैसा उनिहरुका, जाने नाफाको पैसा उतै , कमसय कम तिनसय चाईनिजहरु सटर भाडामा लिई, पस्मिना,चाँदीको , ट्राभल्स र ट्रेकिङ ,होटल, व्यापार गरि नेपाली मध्यम र साना  (स्वरोजगार) व्यवसायीको मुखमा जोड्ने माड खोसिरहेका छन् ।

राज्यले किन कुनै प्रकारको खोजबिन गर्दैन आम जनतालाई अचम्म लाग्छ । एउटा कम्पनी दर्ता गरि १५ देखि २० जनासम्मको व्यवसायीक भिसा दिएको सुन्नमा आउछ , यसको अर्थ " आ बैल मुझेमार " भने जस्तै हो ।

यो राज्यले समयमा बुझ्न सकेन भने यसले  देशमा कहाली लाग्दो स्तिथीको सिर्जना गर्न सक्छ । मेरो बुझाई चाइनिज होस वा अन्य देशका नागरिक कसिकसाउँदो अनुगमन गरि साच्चैका व्यवसायीलाई मात्र व्यवसायीक प्रवेश आज्ञा दिनु पर्छ भन्ने हो ।मेरो आसय कुनै राष्ट्र र समुह विरुद्धको अर्थमा नलिन निवेदन गर्दछु ।

याहाँ यस्तो खुल्ला लुट छ कि , बिबाह गरि भिजा लिएका बिदेशी महिला वा पुरुष श्रीमान कता हुन्छ बर्षभरी , श्रीमती कता हुन्छ बर्षभरी थाहाँ हुदैन । तर भिजा रिन्यू गर्ने दिन अध्यागमनमा जान्छन् र भिजा रिन्यु हुन्छ , यस्को अनुगमन कस्ले गर्ने ? हामी नेपाली चिचि पापामा बिक्नु भएन , यसबाट राज्य कमजोर हुन्छ , त्यस्को फाईदा नेपालीले भन्दा बिदेशीले लिएको इतिहासले पुष्टि गर्छ ।

भिजा एउटा उदेश्यको हुन्छ , सटर भाडामा लिएका छन् । बस टिकट, टुर्से , राफ्टिङ्ग, ट्रेकिङ सटरबाट बेचिरहेका हुन्छन । उनिहरुका आफ्नो देशको नागरिकले , आफ्नै देशकालाई बढी विश्वास गर्नु र व्यापार त्यतै हुनु स्वभाविक हो। यस्तो अतिक्रमणले घुम्न आउने पर्यटकले नेपालीको आतिथ्य खासै बुज्न पाउदैनन्।

ति सटरवाला बिदेशी ब्यापारीले नेपाली सँग नजिक हुन नदिन नेपालीले ठग्छन , लुट्छन , पहिला पहिला नेपाली  राम्रा हुन्थे , अहिले फटाहा हुन्छन , ढाट्छन , ठग्छन भन्ने मात्र पाठ पडाएकाकारणले उनिहरु चाहाँदाँ चाहदै पनि नेपालीको नजिक हुन सक्दैनन , कटु यथार्थ यो भन्दा अर्को होला जस्तो हामी मान्दैनौ !

हाम्रो देश भौगोलिक नापको आधारमा सानो छ तर , राज्य सञ्चालन विधि नमिलेको छ भने , संसोधन गरेर यस्ता अतिक्रमण रोक्न सकिएन भने , तपाई हामी सटवाला व्यवसायी त मारमा पर्छौ पर्छौ ।  कलान्तरमा ठुला भन्ने होटलवाला, ट्रेकिङवालाहरु , टिकेटिङ्गवालाहरु , मनि ट्रान्फरवालाहरु , ट्रान्सपोर्टवालाहरुको पनि रुने दिन छिटै सुरु हुने छ । 

यस्ता नाजायज अतिक्रमण रोक्न राज्यका आधिकारीक निकायसँग पर्यटन क्षेत्रका सँघ तथा संगठनहरु मिलिजुली , अनुगमन गरि सान ब्यबसायी जोगाउने जिम्मा राज्यले लिनु र कार्य योजना बनाई नागरिकको अधिकार जोगाउने अभिभारा पूरा र्गनु जायज होला ।यस्तो प्रक्रिया कार्यवन्यन भएमा राज्यलाई पनि राजस्वको मात्रा धेरै बढ्ने अनुमान गर्न सकिन्छ । 

लेखकः हरि भक्त श्रेष्ठ , पर्यटन व्यवसायीको साथै ठमेलको स्थानिय बासी हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार