चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर १, आइतबार  
चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी हिल्समा रहेको चन्द्रागिरि हिल्स रिसोर्टलाई यो वर्षकै उत्कृष्ट रिसोर्ट  पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ ।

भारतको नयाँ दिल्लीम शुक्रबार साँझ आयोजना भएको कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गरेका हुन ।

सोही कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई वर्षको उत्कृष्ट युवा प्रबन्धक अवार्ड (योङ म्यानेजर अफ द इयर) प्रदान गरिएको छ ।  भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले  जानकारी दिएको छ । 

हरेक वर्ष दक्षिण एशियाली देशका सेवा क्षेत्रमा कार्यरत होटल, रिसोर्ट, हवाई सेवालगायतका विभिन्न पर्यटकीय संस्थाहरुलाई यो अवार्ड प्रदान गरिँदै आएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार