सासद आलमलाई पुर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २९, शुक्रबार  
सासद आलमलाई पुर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौँ ।  रौतहटको राजपुरमा भएको बम विस्फोट बम विस्फोटका आरोपी नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

चारदिन लामो थुनेछेक बहसपछि शुक्रबार अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो।  उनी विरुद्धको मुद्धामा वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७९१० ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ। यो आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउँछन्।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार