लिटल मोडेल अफ रामेछाप २०१९ को उपाधी सिम्रन लोहारलाई

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २५, साेमबार  
लिटल मोडेल अफ रामेछाप २०१९ को उपाधी सिम्रन लोहारलाई

काठमाडौँ । लिटल मोडेल अफ रामेछाप २०१९ को उपाधी सिम्रन लुहारले हात पारेकी छन् ।

किङस्टार कृयशनद्धारा आयोजित मिस मोडेल अफ रामेछाप र लिटल मोडेल अफ रामेछाप तर्फको उपाधी सिम्रनले जितेकी हुन् । लिटल मोडलमा सहभागी १४ प्रतियोगीलाई पछि पार्दै स्रिमनले बेष्ट वाक, बेष्ट स्माइल, वेष्ट डान्स प्रस्तुत गरेकी थिइन् ।

लिटल मोडेल अफ रामेछापको विनर बनेकी स्रिमनले २० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । त्यस्तै  लिटल मोडेल अफ रामेछापको फस्ट रनरअप रिजन श्रेष्ठ , सेकेन्ड रनरअप सोङचेन लामा, थर्ड रनअप निबेदिता मोक्तान भएकी छिन् । उनीहरुले विभिन्न गिफ्ट ह्याम्परको साथै प्रमाण पत्र पाएका छन् ।

“कला,गला र संस्कृतिलाई संरक्षण गर्ने हाम्रो चाहना” भन्ने मुला उदेश्यको साथ कात्तिक २३ गते शनिबार  रामेछाप मन्थलीको आकासे स्थित  रोज होटेलमा आयोजना भएको उक्त कार्यक्रममा ६ वर्षदेखि १० वर्षका बालबालिकाको सहभागिता रहेको थियो । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार