मिचिएको नेपाली भूमिबारे तत्काल वार्ता गर्न सरकारसँग खनालको माग

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
मिचिएको नेपाली भूमिबारे तत्काल वार्ता गर्न सरकारसँग खनालको माग

काठमाडौँ । भारतले आफ्नो कब्जामा  पारेको लिपुलेक कालापानी लगायतको भूमिबारे भारतसँग तत्काल वार्ता गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालले माग गरेका छन् ।

बिहीबार विज्ञप्ती जारी गर्दै खनालले भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि अतिक्रमण भएको स्पष्ट देखिएको बताएका छन् । सुगौली सन्धीले नै नेपालको पश्चिमोत्तर सीमानालाई 
चलाउने अधिकार नभएको खनालको भनाइ छ ।

सत्तारुढ दलका वरिष्ठ नेता समेत रहेका खनालले  नेपालको सीमाना महाकाली नदीले निर्धारण गरेको र त्यो भनेको लिम्पियाधुराबाट निस्किएको काली नदी र त्यसपूर्वका नापी, गुन्जी, लिपुलेक लगायतका भूभाग नेपालको भएको बताए ।

यसबारे ऐतिहासिक कालदेखिका तथ्यांकहरु प्रस्तुत गर्न भारतसँग वार्ता गरी कूटनीतिक ढंगले समस्या समाधान गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डाताको रक्षा गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर