एनआरएनएद्धारा भुमि सुरक्षामा लाग्न विश्वभर छरिएर रहेका नेपालीहरुलाई आग्रह

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
एनआरएनएद्धारा भुमि सुरक्षामा लाग्न विश्वभर छरिएर रहेका नेपालीहरुलाई आग्रह

काठमाडौँ ।  भारतले आफ्नो देशलाई जवरजस्ती कब्जा गरेर आफ्नो नक्सामा राखेपछि  गैरआवासिय नेपाली संघ एनआरएनएले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई  भूमि सुरक्षामा लाग्न आग्रह गरेको छ ।

नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति ध्यानकषर्ण भएको  विज्ञप्तीमा उल्लेख गरिएको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षाको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको  एनआरएनद्धारा भत्सर्ना  गरिएको छ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनुपर्ने एनआरएनएका अध्यक्ष कुमार पन्तद्धारा सार्वजनिक गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन विदेशमा रहेका नेपालीहरु एकबद्ध हुने प्रतिबद्धता समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर