आलमलाई सहयोग गरेको आरोपमा सशस्त्रका एसपी लामालाई पक्राउ गर्न इन्टरपोलमा पत्राचार

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
आलमलाई सहयोग गरेको आरोपमा सशस्त्रका एसपी लामालाई पक्राउ गर्न इन्टरपोलमा पत्राचार

काठमाडौँ । रौतहट बम काण्डका मुख्य आरोपी पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताब आलमलाई सहयोग गरेको आरोपमा सशस्त्र प्रहरी बलका एसपी रामकृष्ण लामालाई पक्राउ गर्न इन्टरपोलमा पत्राचार गरेको छ ।

करिब दुई दर्जनभन्दा बढी व्यक्तिलाई जिउँदै इँटाभट्टाम पोलेर हत्या गरेको आरोपमा लामालाई झिकाउन भन्दै रौतहट प्रहरीले प्रधान कार्यालय इन्टरपोल शाखालाई पचार गरेको इन्टरपोल स्रोतले जानकारी दिएको छ ।

रौतहटमा कार्यरत रहँदा लामाले उक्त घटनामा सहयोगी भूमिका निभएको प्रत्यक्षदर्शी तथा घाइतेहरुले बयान दिएका छन् । हाल स्वास्थ्य उपचारको लागि हङकङमा रहेका लामालाई देशबाहिर भएपनि उनलाई पक्राउ गर्न इन्टरपोलमा पत्राचार गर्न लगाइएको हो ।  रौतहट प्रहरीको नियन्त्रणमा रहेका आलमको यतिबेला थुनछेक बहस चलिरहेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर