विश्वास गर्नुहोस्  अबको ५ वर्षमा मुलुकले काँचुली फेरेर  छोड्छ : मन्त्री बाँस्कोटा 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
विश्वास गर्नुहोस्  अबको ५ वर्षमा मुलुकले काँचुली फेरेर  छोड्छ : मन्त्री बाँस्कोटा 

काठमाडौँ । सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प नभएकाले जनतालाई विश्वास गर्न आग्रह गर्दै अबको ५ वर्षमा मुलुकले काँचुली फेर्ने सरकारका पवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले  बताएका छन् ।

उनले सरकारले आशा जगाउँदै गएको र  निराशाको खेती  नगरेको जिकिर गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको शुक्रबार यहाँ अनावरण गर्दै मन्त्री बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह समेत गरेका छन् ।  

सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेको छ । सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पुर्याउनेमा आफुहरुले निरन्तर प्रयास गरेको बताएका छन् । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर