मिलारेपा लामा गुरुको सम्झनामा मनाङमा स्मृति पार्क निर्माण

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
मिलारेपा लामा गुरुको सम्झनामा मनाङमा स्मृति पार्क निर्माण

काठमाडौँ । मिलारेपा लामा गुरुको सम्झनामा मनाङमा स्मृति पार्क निर्माण गरिएको छ । सोमबार एक कार्यक्रम गरि गुम्बासहित निर्माण गरिएको स्मृति पार्कको उद्घाटन गरिएको हो  ।

हिमाली क्षेत्रमा परापूर्वकालमा मिलारेपाले ध्यानतपस्या  गर्ने गर्थे । धार्मिक तीर्थ स्थलको रुपमा निकै परिचित मनाङको भ्राका  स्याकुङ्ग हाल ङिस्याङ गाउँपालिका–५ मा मिलारेपा गुफा समेत रहेको छ।

धार्मिक पर्यटकको केन्द्र रहेको सो ठाउँमा जानको लागि वृद्धवृद्धलाई कठिन हुने गरेको कारण स्थानीय लामा छोजे लामा फुन्छोक रिन्पोछेको एक प्रयासमा माथिल्लो मनाङमै मिलारेपा स्मृति पार्क निर्माण गरिएको हो।

सो स्थान भ्रमणको लागि पुगेका  पर्यटकहरुले मिलारेपा लामा गुरुको सम्पूर्ण इतिहास सजिलै जान्न पाउनेलामा फुन्छोक रिन्पोछेले बताए । पार्कमा मिलारेपा लामा गुरुको ४ भाषा तिब्बेतीयन, नेपाली, अंग्रेजी र चाइनिज मा इतिहाससँगै जीवनीबारे बुझ्न सकिने गरेर निर्माण गरिएको छ ।

विश्व विख्यात अन्नपूर्ण पदमार्गमा पर्ने माथिल्लो मनाङमा  भ्रमणमा आउने हजारौँ अन्तरिक तथा  बाह्य पर्यटकको लागि उक्त स्मृति पार्क आकर्षणको माध्यम बन्न सक्ने स्थानीय समाजसेवी विनोद गुरुङले बताएका छन् । 
 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर