सरकारले अब भारतसँग सिधा कुराकानी गरेर समस्याको समाधान गर्छ : अध्यक्ष दाहाल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
सरकारले अब भारतसँग सिधा कुराकानी गरेर समस्याको समाधान गर्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल सरकारले अब भारतसँग सिधा  कुराकानी गरेर समस्याको समाधान गनुपर्नेमा  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोड दिएका छन् ।

पोखरामा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डलेनेपालको कालापानीलगायतको नेपाली क्षेत्रलाई  भारतले आफ्नो नक्साभित्र पारेको कुरा मान्य नहुने बताएका छन् । केही दिन अगाडी भारतले सार्वजनिक गरेको नक्सा अस्विकार गर्दै उनले मोदीसँग लिपुलेकको बारेमा भएको छलफल स्मरण गरेका थिए ।

अध्यक्ष दाहालले नेपाल सरकारले धारणलाई समर्थन गर्दै भौगोलिक अखण्डताको पक्षमा नेपाल सिंगो राष्ट्र एक ठाउँमा उभिने बताए । उनले राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै नहुँने प्रष्ट पारे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर