कास्की पनि कफीको गन्तव्य 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार  
कास्की पनि कफीको गन्तव्य 

काठमाडौँ । बाँदरले अन्न बाली नष्ट गर्न थालेपछि चिन्तित अन्नपूर्ण गाउँपालिकाका किसान अहिले कफी खेतीमा रमाउन थालेका छन् ।

अन्न बाली लगाउँदा बादरले भित्र्याउन नदिँएपछि यहाँका किसाले कफी खेती गर्दै जाँदा आम्दानी गर्न थालेका छन् । केही वर्ष पहिले थोरै बोट रोपेको कफीले फाइदा दिन थालेपछि यहाँ व्यवसायीक रुपमा कफी खेती हुन थालेको हो ।

माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी संस्थाको अध्यक्ष कलाधार भुगाईले भने, बाँदरले अन्न बाली नराख्ने भएपछि हामी दिक्क थियौँ । कफी खेती सुरु गरेपछि अब त सबै हर्षित छौँ कफिले राम्रै फाइदा भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा तारा चापागाईँले लेखेका छन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर