अबको तीन वर्ष विकास र सम्बृद्धिको वर्ष हुनेछ  ः नेता गौतम

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार  
अबको तीन वर्ष विकास र सम्बृद्धिको वर्ष हुनेछ  ः नेता गौतम

काठमाडौँ ।  आगामी ३ वर्ष भित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले  बताएका छन् ।

भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।

प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा धेरै ठूला काम शुरु हुने भएकाले अबको तीन वर्षमा प्रतिव्यक्ति आय स्वत बढ्ने गौतमले दाबी गरेका छन् । उनले विगतको २ वर्षम कानुन नियम निर्मा बसाउने काम मात्रै भएकाले अब प्रत्येक महिना जनतालाई  कामको परिणमा देखाउन सक्ने गरेर अगाडी बढीरहेको बताएका छन् ।

उनले अबको तीन वर्षमा समृद्ध नेपाल सुखी नेपालीको वर्ष हुने विश्वास दिलाएका छन् । विपक्षी नेपाली कांग्रेसले कानुन निर्माणका क्रममा पाइला पाइलामा अवरोध गरेको र विकास तथा समृद्धिको अभियानमा पनि रचनात्मक विपक्षी हुन नसकेको आरोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर