तीनदेखि सुरु भएको आलमको बयान सकियो, आजै थुनछेक बहस हुने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार  
तीनदेखि सुरु भएको आलमको बयान सकियो, आजै थुनछेक बहस हुने

काठमाडौँ । तीन दिनदेखि अदालतमा सुरु भएको नेपाली कांग्रेसका नेता एवं सांसद मोहम्मद अफताब आलमको बयान सकिएको छ ।

कर्तव्य ज्यान मद्दामा मंगलबार र बुधबार आलमको बयान भएको थियो । आलममाथि ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी बिहीबार बयान भएको हो ।

आलमले घटनाको सम्बन्धमा सोधिएका प्रश्नको जवाफमा इन्कारी बयान दिएका छन् । बिहीबार नै थुनछेक बहस सुरु हुने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिएका छन् ।

आलमलाई तीनवटै मुद्धामा ३२ वर्ष कैद माग गर्दै सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको छ। 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर