देउसीभैलो खेलेर जम्मा गरेको रकमले मुटु अस्पताल सञ्चालन गरिने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार  
देउसीभैलो खेलेर जम्मा गरेको रकमले मुटु अस्पताल सञ्चालन गरिने

काठमाडौँ । बुटवल उपमहानगरपालिका १३ बेलबासमा देउसीभैलो खेलेर संकलन गरेको रकमले मुटु अस्पताल सञ्चालन गरिने भएको छ ।

लायन्स क्लब अफ बुटवल बेलबास सिटीले देउसी भैलो खेलेर संकलन गरेको ६ करोड रकम लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्मााण गर्ने उद्देश्य लिएका छन् ।

देउसी भैलो खेलेर जम्मा भएको ५ करोड रकम र क्लबका सेयर सदस्यबाट उठाएको १० करोड खर्च गरेर अस्पताल निर्माण गरिने तयारी भएको छ । 

तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालको आवश्यकता महसुश भएपछि रकम संकलन गरेर अस्पताल निर्माण गर्ने अन्तिम तयारीमा रहेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए ।

अस्पताल निर्माणको लागि जग्गा व्यवस्थापनको विषयमा छलफल भइसकेको र अबको दुई वर्षभित्र अस्पताल  सञ्चालनमा ल्याइने  अध्यक्ष खड्काले बताएका छन् । सबैमा सकारात्मक प्रभाव परेको भन्दै अहिलेसम्म ५५० जनाले एक लाखको दरले रकम भैलोमा दिएको उनले बताए ।

अस्पताल निर्माणको लागि पहिलो चरणको कुला लगानी २० करोड लगानी हुने बताएका छन् ।अस्पतालमा २५ शैयाको आईसीयु र सीसीयू सहितको कक्ष  रहेनछ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर