खारेज भएको कलेजद्धारा भर्ना

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार  
खारेज भएको कलेजद्धारा भर्ना

काठमाडौँ । सम्बन्धन खारेजीमा परेको मध्यपुर थिमिस्थित चत्रलवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सङ साइन्सले आफुखुसी भर्ना गरेका विद्यार्थी अलपत्र परेका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटी ले प्रयोगात्मक अभ्यास गराउने अस्पताल नभएको भन्दै संस्था नवीकरण नै गरेको छैन् । कलेज सञ्चालकले भने सिटीईभीटिको निर्णयविपरित आफूखुसी विद्यार्थी भर्ना गरेका छन् ।

०७५ असोजमा भर्ना भएका ३० जना विद्यार्थीको रजिस्टेसन नै नभएपछि उनीहरु आन्दोलनमा उत्रीएका छन् । कलेज सञ्चालकका कारण आफुहरु अन्यायमा परेको विद्यार्थीहरुले बताएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लीला श्रेष्ठ र फातिमा बानुले लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर