प्रदेश १ मा पर्यटन भ्रमण वर्ष , पाँच लाख पर्यटक भित्र्याउने तयारी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार  
प्रदेश १ मा पर्यटन भ्रमण वर्ष , पाँच लाख पर्यटक भित्र्याउने तयारी

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेशभित्र पाँच लाख पर्यटक भित्र्याउने  योजना सफल पार्न प्रदेश नं. १ सरकारले तयारी सुरु गरेको छ ।

त्यसका लागि प्रदेश नं. उद्योग पर्यटन तथा वन वातावरणमन्त्री जगदीशप्रसाद कुशियतको संयोजकत्वमा ५१ सदस्यीय प्रदेशस्तरीय समिति निर्माण गरी काम गरी काम अगाडी बढाइरहेको मन्त्रालयका सचिव सञ्जीवकुमार राईले जानकारी दिएका छन् ।

यसअघि संघीय पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट यस प्रदेशमा नेपाल भ्रमण व्यवस्थापन समीति गठन गरी पठाइएको थियो ।

तर स्थानीय आवश्यकताअनुसार त्यही समितिलाई विस्तार गरी ठूलो बनाएर काम सुरु गरिएकोे राईले बताए । समितिको मातहतमा रहने गरी विभिन्न १२ वटा उपसमिति पनि गठन गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा महेन्द्र विष्टले लेखेका छन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर