आन्तरिक उडानमा सबैका लागि समान भाडादर कायम गरिएको निगमको घोषणा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक २०, बुधबार  
आन्तरिक उडानमा सबैका लागि समान भाडादर कायम गरिएको निगमको घोषणा

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सबैको लागि समान भाडादर कायम गरिएको बताएको छ ।

बुधबार नेपाल एयरलाइन्सले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष मदन खरेलले आन्तरिक उडानमा सबैको लागि समान भाडादर  तोकिएको जानकारी दिएका हुन् ।

निगमले गरेको यस्तो निर्णयसँगै अब विदेशी नागरिकको लागि पनि नेपाली नागरिकसरह भाडा लाग्ने भएको छ । 

यस अघि विदेशी नागरिकको लागि छुट्टै भाडादर कायम गरिएको थियो । आन्तरिक उडान भर्ने नेपाल एयरलाइन्सको ९ वटा जहाज रहेपनि ४ वटा जहाज मात्रै सञ्चालनमा रहेका छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर