टंक र स्मिताको गीतमा सरोज र आश्माको रोमान्स (भिडियो सहित) 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १९, मङ्गलबार  
टंक र स्मिताको गीतमा सरोज र आश्माको रोमान्स (भिडियो सहित) 

काठमाडौँ । गायक टंक बुढाथोकी र स्मिता दाहालको स्वरमा नयाँ गीत ‘चिटिक्कै परी बस’ सार्वजनिक भएको छ ।

‘कार्टुञ्ज क्रु’ का सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्कीको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियो सोमबार सार्वजनिक भएको हो ।

सुनिता नेपालको निकै रोमान्टिक शब्द सिर्जना रहेका उक्त गीतलाई संगीतकार दीपक शर्माले संगीत भरेका छन् भने उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाइलीको मिक्सिङ्ग रहेको छ।

सरोज ओलीको निर्देशनमा तयार भएको उक्त भिडियोमा गम्भीर विष्टले कोरियोग्राफी  गरेका छन् भने नवराज उप्रेतीको छायांकन, रेनिश फागोको रङ संयोजन र अर्जुन जिसीको सम्पादन रहेको छ। 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर