राष्ट्रपति भण्डारीबाट सातै प्रदेश प्रमुखले लिए सपथ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १९, मङ्गलबार  
राष्ट्रपति भण्डारीबाट सातै प्रदेश प्रमुखले लिए सपथ

काठमाडौँ । सोमबार नियुक्ति पाएका सातै प्रदेश प्रमुखले राष्ट्रपति  विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । मंगलबार बिहान राष्ट्रपति  कार्यालय सितल निवासमा आयोजित एक समारोहमा प्रदेश प्रमुखहरुले सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधान न्यायाधीश चोलेन्द्र समशेर जवरालगायतको उपस्थिति  रहेको थियो ।

आइतबार अघिल्लो सरकारले नियुक्ति गरेका प्रदेश प्रमुखहरुलाई बरखास्त गरेको सरकारले सोमबार नै नयाँ प्रदेश प्रमुख नियुक्ति गरेको थियो । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख नियुक्ति गरेकी हुन् ।

प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाई, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त रहेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर