उदाउँदो सूर्यलाई अर्घ दिएर हर्ष उल्लासको साथ छठ पर्वको समापन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १७, आइतबार  
उदाउँदो सूर्यलाई अर्घ दिएर हर्ष उल्लासको साथ छठ पर्वको समापन

काठमाडौँ । आस्थाको विशेष पर्व छठ आज उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन भएको छ । 

चतुर्थीदेखि सुरु भएको छठ षष्ठीको दिन बेलुकी अस्ताउँदो सूर्यलाई र सप्तमीको दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन  गर्ने परम्परा रहेको छ ।

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।

छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर