युवतीमाथि एसिड प्रहार गरेर फरार रहेका युवा ७ वर्षपछि पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १५, शुक्रबार  
युवतीमाथि एसिड प्रहार गरेर फरार रहेका युवा ७ वर्षपछि पक्राउ

काठमाडौँ । २०७० सालमा एक युवतीमाथि एसिड प्रहार गरेर फरार रहेका एक युवा  सात  वर्षपछि पक्राउ  परेका छन् ।

आफुले राखेको प्रेम प्रास्ताव अस्विकार गरेपछि २०७० साल बैशाख ९ गते हेटौडा २ की २० वर्षिय युवती बिन्दाबासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेर युवा फरार रहेका थिए ।

हेटौंडा बजारको मुख्य चोकमा रहेको आफ्नै भाडा पसलमा बसिरहेको अवस्थामा कंसाकारलाई भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलिपराज केशरीले अनुहारमा एसिड प्रहार गरी फरार भएका थिए।

उक्त घटनापछि प्रहरीको खोजी सूचीमा रहेका अभियुक्तलाई प्रहरीले शुक्रबार हेटौंडामा  सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

बारास्थित जितपुर सिमरा उपमहानगरपालिका २३ भलोहीस्थित लुकिछिपी रहेको अवस्थामा  बिहीबार राती ९ बजे केशरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । यद्यपी एसिड आक्रमण जघन्य अपराधका आभियुक्त केशरी लाई १२ वर्ष हैन २१ वर्ष सजाय हुनुपर्छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर