भ्रमण वर्ष २०२० मा नेपाल आउने पाहुनालाई ३० प्रतिशत छुट दिने हानको घोषणा, यस्तो छ छुट योजना

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १५, शुक्रबार  
भ्रमण वर्ष २०२० मा नेपाल आउने पाहुनालाई ३० प्रतिशत छुट दिने हानको घोषणा, यस्तो छ छुट योजना

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न आउने पाहुनालाई ३० प्रतिशत छुट दिने हानले घोषणा  गरेको छ ।

सरकारले  २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै निजी क्षेत्रसम्बद्ध होटल व्यवसायी (हान) ले नयाँ अफरसहित नेपाल भ्रमणमा आउने विदेशी पाहुनालाई छुट दिने योजना बनाएको हानका महासचिव सजन शाक्यले बताएका छन् ।

भ्रमण वर्षभरि  नेपाल भ्रमण गर्न आउने विदेशी पाहुनालाई यो छुट दिन अनिवार्य गरेको महासचिव शाक्यले बताए । महासचिव शाक्यको अनुसार हानमा आवद्ध होटलहरुले आफ्नो रुम प्रयोग गरेबापत कूल मूल्यमा ३० प्रतिशत छुट दिन र रेस्टुरेन्टहरुमा १५ प्रतिशत छुट दिने भएका छन् । 

सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्नु  सबैको दायित्व भएकाले आफुहरुले यस्तो योजना ल्याएको शाक्यको भनाइ छ । करिब १२ सय होटलहरुको अबद्धता रहेको हानको सर्कुलरमा रहेका सबै सदस्यले त्यसको पालना गर्नुपर्ने उनको भनाइ छ । 

हानले गरेको यो निर्णयलाई लिएर नेपाल भ्रमण वर्ष सफल हुनेमा आफु विश्वस्त रहेको पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् । हानको यस्तो कदमको स्वागत गरिएको पर्यटन मन्त्रालयको भनाइ छ । हानले यो भन्दा अगाडी नेपाल भ्रमण वर्ष मूल आयोजना समितिले गैर आवासिय नेपालीहरुको संगठन एनआरएनसँग पनि अन्तर्राष्ट्रिय तहबाट भ्रमण वर्ष सफल बनाउनेबारे दुई पक्षीय सहमति गरेको थियो ।

उक्त छलफलमा नेपालभित्र रहेका सरोकारवाला सबै निकायबाट भ्रमण वर्ष लक्षित कार्यक्रम के कति छुट दिन सकिन्छ भन्ने विषयमा पनि हानले छुट योजना सार्वजनिक गरेको हो । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर