गुडिरहेको रेलमा आगो लागि हुँदा ६० जनाको मृत्यु, ३० जना भन्दा बढी घाइते

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १४, बिहीबार  
गुडिरहेको रेलमा आगो लागि हुँदा ६० जनाको मृत्यु, ३० जना भन्दा बढी घाइते

एजेन्सी, पाकिस्तानमा गुडिरहेको रेलमा आगो लागि हुँदा ६० जनाको मृत्यु भएको छ । पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् । आगलागीमा परेर ६० जना मारिएको पुष्टि भएको छ भने ३० जना घाइते भएका छन् ।

रेलमा सवार यात्रुले खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभविस्फोट भएर आगलागी भएको रेलमन्त्री शेख रसिद अहमद जानकारी दिएका छन् । रेलमा सवार रहेका केही व्यक्तिले खाना पकाउँदै थिए  ।

उनीहरुको साथमा तेल  पनि भएको कारण झनै आगो फैलिएको रेलमन्त्रीले स्थानीय सञ्चारमाध्यमलाई  जानकारी दिए । सो दुर्घटना दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै  भएको हो । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर