तराई मधेशकै मतले संविधानसभामा दोस्रो पटक प्रधानमन्त्री भएको हुँ : अध्यक्ष दाहाल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १४, बिहीबार  
तराई मधेशकै मतले संविधानसभामा दोस्रो पटक प्रधानमन्त्री भएको हुँ : अध्यक्ष दाहाल

काठमाडौँ , तराई मधेशकै मतले दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दाबी गरेका छन् ।

महोत्तरीको पिपरामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले तराई मधेशका जनतासँग हृदयदेखिकै प्रेम रहेकाले बताए । स्थानीय निर्वाचनको बेला  मधेशका जनतासँग साच्चै प्रेम रहेको र सदाबहार रहिरन्छ भन्ने मेरो भनाइले देशव्यापाी चर्चा पाएको र उक्त भनाइलाई विभिन्न ढंगले टिकाटिप्पणी भएको बताउँदै उनले भने तराईका जनतासँगको प्रेम सदाबहार रहनेछ ।

उनले तराई मधेशमा भएके विकासका आयोजनामा कम्युनिष्ट पार्टीकै नेतृत्व रहेको दाबी गरे । निजगढ विमानस्थलको काम, रेलमार्ग निर्माण, कमला कोसी डाइभर्सन परियोजना केपी ओलीको नेतृत्वमा अघि बढ्ने अध्यक्ष दाहालले बताए। उनले सबैभन्दा पहिला प्रदेश २ मा रेल आउने दाबी गरे । उनले तराई मधेशको विकासका लागि नेकपा  मात्रै समर्पित रहेको र अन्य पार्टीले भ्रम मात्रै फैलाएको  दाबी गरेका छन् ।

अब हुने उपनिर्वाचनमा नेकपालाई भोट गर्नमा कुनै दुविधा नलिन र उपनिर्वाचनमा नेकपालाई मत दिन समेत आग्रह  गरे । 
राजपाका तर्फबाट निर्वाचन जितेका गाउँपालिका अध्यक्ष विनोद चौधरीको मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर