नेपाली राष्ट्रिय क्रिकेट  टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्ति

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १३, बुधबार  
नेपाली राष्ट्रिय क्रिकेट  टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्ति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट  टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्ति भएका छन् । एक दशक नेपाली राष्ट्रिय क्रिकेट कप्तानी गरेका पारस खड्काले कप्तानी छोडेपछि ज्ञानेन्द्र मल्ललाई कप्तानीमा नियुक्ति गरिएको हो ।

अर्को निर्णय नहुँदासम्मको लागि ज्ञानेन्द्रलाई कप्तानको पदमा नियुक्ति गरेको क्यानका  महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् । तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रले कप्तानी गर्नेछन् ।

नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ । त्यसका लागि एमसीसी टिम नोभेम्बर एक तारिखमा नेपाल आउनेछ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर