जनकपुर आउने पर्यटकको बसाई लम्ब्याउन आकर्षक स्थानहरु निर्माण गर्नुपर्छ : मन्त्री भट्टराई

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १३, बुधबार  
जनकपुर आउने पर्यटकको बसाई लम्ब्याउन आकर्षक स्थानहरु निर्माण गर्नुपर्छ : मन्त्री भट्टराई

काठमाडौँ । आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने सरकारको योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  बताएका छन् ।

बुधबार जनकपुरस्थित नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० सफल पारेर यसलाई निरन्तरता दिने मन्त्री भट्टराईले बताएका छन् ।

जनकपुर भ्रमणमा आउने पर्यटकको बसाई लम्ब्याउनको लागि पर्यटकको मन लोभ्याउने आकर्षक स्थानहरुको निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले भने जनकपुर भ्रमणमा आउने पर्यटकहरुलाई छिन्‍नस्ता, गढीमाई, बारा, पर्सा र महोत्तरीका अन्य ठाउँ घुम्ने वातावरण  बनाउनुपर्ने बताए ।

मन्त्री भट्टराईले मैथिलीका महाकविक विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशका महाकवि रहेको उल्लेख गर्दै विद्यापतिको शालिक नेपालको विभिन्न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर