हिमाल आरोही निर्मलले राखे विश्वमा नयाँ किर्तिमानी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १३, बुधबार  
हिमाल आरोही निर्मलले राखे विश्वमा नयाँ किर्तिमानी

काठमाडौँ । ६ महिना ६ दिनमा ८ हजार भन्दा अग्ला विश्वका १४ हिमाल चढेर म्याग्दीका निर्मल पुर्जाले  नयाँ विश्व किर्तिमानी राखेका छन् ।

चीनको तिब्बतमा रहेको सिसापङ्मा  हिमालको चुचुरोमा  पुगेसँगै सात महिनामा विश्वका सबै आठ हजार भन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बन्न सफल भएका हुन् । सोमबार निर्मलले विश्वकै चौथो अग्लो सिसापङ्  ८,०२७ मिटर अग्दो हिमाल आरोहण  गरेका थिए ।

उनले यो भन्दा अगाडी म्याग्दीको अन्नपूर्ण हिमाल (आठ हजार ९१ मिटर), म्याग्दीमै रहेको सातौँ अग्लो धवलागिरि हिमालको (८,१६७ मिटर),  धवलागिरी हिमाल, सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, ना¬ङ्गा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरेका हुन् ।

विश्वकै अग्लो हिमाल मध्ये  ८ वटा नेपालमा नै पर्छ  भने अन्य हिमालहरु पाकिस्तान र चीनमा रहेका छन् । हालसम्म विश्वमा कुनै पनि व्यक्तिले छोटो समयमा दुई दर्जनभन्दा बढी हिमाल आरोहण गरेको रेकर्ड नभएको बताइएको छ ।  निर्मलले आरोहणको क्रममा हिमालमा अलपत्र परेको धेरै आरोहीको उद्धार गरेर संसारभरी चर्चा कमाएका थिए ।

ब्रिटिस आर्मिको जागिर छोडेर हिमाल आरोहणमा लागेका निर्मलले आफ्नै जन्मभूमिमा रहेका ८ हजार मिटर अग्लो हिमाल चढ्ने पहिलो म्याग्देली भएको कारण म्याग्देलीको उपाधीसमेत जितेका छन् । उनको हिमाल आराहणलाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पालगायत शेर्पाको टोलीले सघाइरहेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर