मंगलबार भाइटिका नलगाएका नेवार समुदायमा भाइटिका आज

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १३, बुधबार  
मंगलबार भाइटिका नलगाएका नेवार समुदायमा भाइटिका आज

काठमाडौँ । मंगलबार भाइटिका नलगाएका नेवार समुदायमा आज बुधबार टिका लगाउँदै छन् ।

आज पनि केही समय द्धितिय तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटिका आज लगाउन लागेका हुन् ।

मंगलबार नयाँ वर्ष सवंत् ११४० सुरु भएकाले आज नेवार समुदायमा किजा पुजा मनाउन लागिएको  नेवार समुदायका अगुवाहरुले बताएका छन् ।

 नेवार मुदायमा म्हः पूजा अर्थत आत्मापूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात भाइटिका लगाउन लागेका हुन् ।

सोही कारण  यो वर्ष सरकारले कात्तिक १० गतेदेखि १३ गतेसम्म सार्वजनिक बिदा दिएको छ । कतिपय नेवार समदायका व्यक्तिहरुले मंगलबार नै किजा पूजा मनाइसकेको नेपाल पंञ्चांग  निर्णयक समितिले जानकारी दिएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर