मदन भण्डारीसँग आफुलाई दाँजेर हेर्न अध्यक्ष दाहालको आग्रह

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ८, शुक्रबार  
मदन भण्डारीसँग आफुलाई दाँजेर हेर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन र आफ्नो विचारमा केही फरक नभएकाले आफुलाई मदन भण्डारीसँग दाँजेर हेर्न समेत आग्रह गरे ।

‘मदन भण्डारीको विकासको संयोग र प्रचण्डको विकासको संयोगमा के समानता थियो के थिएन भन्ने बारेमा विचार गरिदिन सबैमा अनुरोध गरेका छन् ।

शुक्रबार नेकपा मोरङले गरेको सांस्कृतिक चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट एकताको कुरा गर्दागर्दै मदनको हत्या भएपछि एकताको कुरा त्यतिकै अलमलमा परेको बताए । 

अध्यक्ष दाहालले त्यो घडीलाई सम्झदै भने  यदि मदनको  हत्या नभएको भए हामी दुवै जना सिर्जनशिल थियौँ दुवैमा नयाँ ढंगले अगाडी बढ्नुपर्छ भन्ने थियो ।

यदी  मदनको हत्या नभएको भए हामी लेनिनले भनेजस्तै इतिहासलाई ५० वर्ष अगाडी बढाउन सकिने कुरामा विश्वस्त  थियौँ ।

उनले मदनसँगको वार्ता गर्ने कुरालाई सम्झेर भने मदन भण्डारीसँगको वार्तामा पुगेको भए इतिहासले ५० वर्ष अगाडी ल्याउन सकिने थियौ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर