हिमचितुवाको संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको छ : मन्त्री बस्नेत 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ८, शुक्रबार  
हिमचितुवाको संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको छ : मन्त्री बस्नेत 

काठमाडौँ । हिमचितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले बताएका छन् ।

भारतको नयाँदिल्लीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन (जिएसएलपी) को चौथो स्थायी समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले हिमचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभाव तथा मानव वन्यजन्तु द्वन्द्व सबैभन्दा चुनौतीका रूपमा देखा परेको  बताए ।

हिमचितुवा संसरक्षणको प्रयासलाई सार्थक बनाउनको लागि युवाहरु एक हिस्सा भएकाले उनले त्यो उपाय प्रभावकारी देखिएको अनुवभ सुनाए  ।हिमचितुवा संरक्षण र त्यस प्रजातिबारे अनुसन्धानका लागि नेपाल सरकारले हिमालयन अनुसन्धान केन्द्र स्थापनाको तयारी गरिरहेको जानकारी दिए । 

नेपालले १२ वटा संरक्षण क्षेत्रसमेत घोषणा गरिएको मन्त्री बस्नेतले जानकारी दिए । उनले हिमचितुवाको संरक्षणबाट परिस्थितीकीय प्रणालीको रक्षाको साथै पर्याय पर्यटन र हिमालहरुको संरक्षणमा समेत टेवा पुग्ने बताए । हिमचितुवाका अंगको अवैध निकासी रोक्न क्षेत्रीय संयन्त्र निर्माण गरिनुपर्ने प्रस्ताव समेत राखेका छन् ।

वन्यजन्तुको आक्रमणबाट मारिएका परिवारलाई तत्काल राहतको व्यवस्था गरिदै आएको जानकारी  दिए । जलवायुपरिवर्तनका कारण हिमालहरु पग्लने क्रम बढेकाले हिमचितुवा चोरी निकासी बढेकाले हिमचितुवाको चोरी निकासी तथा अंगहरुको व्यापारमा कडाइ गरेको उल्लेख गरे । उनले नेपाललले आगामी सन्–२०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले नेपाल आउन पनि सहभागीहरुलाई निमन्त्रणा दिए ।

हिमचितुवा पाइने मुलुकहरू नेपालसहित चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान मंगोलिया र रुस लगायत देशका प्रतिनिधि बैठकमा सहभागी  थिए । हाल नेपालमा ५ सय भन्दा बढी हिमचितुवाको सख्या रहेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर