पर्यटन केन्द्रित संस्थाहरु ,वृद्ध अश्राम होईन !

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ८, शुक्रबार  
पर्यटन केन्द्रित संस्थाहरु ,वृद्ध अश्राम होईन !

काठमाडौँ

हाम्रा जिजुबाजे भनौकी , परापुर्व कालदेखि समाजलाई निर्देशित सिदान्त अनुसार चलाउनको लागी हाम्रा गाउँ घरमा बिहे वर्तमान वा मर्दा पर्दा भन्ने चलन पनि छ,त्यस्ता पर्व  , मेलापात मिलाउन वा लिन दिन टोल टोलमा , मर्हजन गुठी , श्रेष्ठ गुठी , खरेल गुठी वा मन्दिर र सक्तल जोगाउन पनि  १० जना मान्छे जान्ने बुज्ने भद्ध भलादमी बसी समिती वा गुठी बनाउने प्रचलन थियो । तत समयमा आवस्यकता अनुसार सामाजीक कार्यक्रम गरिन्थ्यो र आजपनि त्यस्तै क्रममा चलिरहेको हामी सबैलाई थाहाँ भएको विषय हो ।

समाजमा विकास र राजनैतिक जागरणको अभियान र युवा पुस्ताको बदलिदो सोच सँगै धेरै क्लब पनि स्थापना भए , साना तिना काम गर्नु पर्दा स्थानीय रुपमै वडा वा गाबिससँग सहकार्य गर्न समितीहरु बन्छन् छन्।

माथी उल्लेखित व्याख्या मैले गर्नु आवश्यक थिएन । समक्षीप्त जानकारी पस्किएको छु झिझो नमानीदिनुहोला ।बिगत ५०- ६० वर्ष देखि विभिन्न व्यापार र पेशामा लागेका व्यवसायीहरुको पिर मर्का र एक्लै सम्बन्धित निकायमा गएर आफ्नो अफ्ट्यारा र दुःख सुनाउनको नसक्ने अवस्थाले सामाधानको लागी संस्थाहरुको स्थापना हुन सुरु भए , त्यस्ता संस्थाहरु मध्ये पर्यटन क्षेत्रमा पनि संस्थाहरु जन्मने क्रम सुरु भए र धेरै संस्थाहरु जन्मिए ।

सन १९६६ मा नाट्टाको जन्म भयो, सँग सँगै जस्तै केहि समयको अन्तरमा हान, टान एन.एम.ए जस्ता संस्थाहरु पनि आफ्नो आफ्नो विधा र क्षेत्र अनुसार क्रियाशिल रहदाँकै बखतमा सोट्टो भन्ने संस्था पनि सन  २००८ मा स्थापना हुन गयो, ततपस्च्यात सोट्टोको कार्य शैली र बस्तुगत उठानका कारणले सदस्य संख्या त बडे बडे , पर्यटन क्षेत्रमा  आज आएर स्थापिथ संस्थाको रुपमा परिभाषित भइसकेको छ  ।

सबै भन्दा अग्रणी संस्था र आजसम्म पनि पर्यटन बोर्डले नाट्टालाई उदार मनस्तिथीले हेर्ने अवस्था सिर्जनामा हामी हुनु , नाट्टाका अग्रजज्युहरुको अमुल्य योगदानको फल खाना नाट्टा बोर्डले पाईरहेको छ । तर कालान्तर सम्म पाउछ त ? भन्ने गम्भिर प्रश्न आज हामी माझ चलिरहेको छ।

व्यक्तिगत लोभ, दम्भ, व्यापार प्रमोशन गर्न वा रिटार्यण जिबनलाई अलि उर्जाशिल बनाउन पनि संस्थामा जाने होईन, मुख्य त कुनैपनि संस्थामा व्यवसायीक उदेश्यले जानु नै हुदैन । त्यहि नै संस्थाहरुको विधानमा छ र हुनुपर्छ ।

तर ,पर्यटन व्यापारमा व्यवसायीक उत्तारचढाव छ , समयको आवश्यकता अनुसार व्यवसायीक कम्पिटिसन पनि बढेकै हो तर त्याहाँ (संस्थामा) जानेले सदस्यहरुको हक र हितमा समय खर्चिएको देख्न त पाइएन  पाइएन बोर्डमा छलफलको विषय पनि बन्दैन , एउटा उदारण म के पेश गर्न चाहन्छु की , एउटा सदस्यको समस्या पर्दा उसको आफ्नो लेबलले नभ्याए पछि उस्ले सस्थालाई खबर गरेपछि के सहयोग भयो त ? दुर्घट्ना हुदाँको केशमा समेत कुनै एक अमुक व्यवसायीको मदत गर्न त परै जावोस , समस्याको उठान समेत गरिएन भन्ने गुणासा सुनिएका थिए  । म यसै लेख मार्फत समस्त अग्रजज्यू लगायत सदस्यज्यूहरुलाई जानकारीमा राख्न चाहन्छु ।

त्यस्ता विषयहरु पक्ष वा विपक्षको चस्माबाट हेरिनुहुन्न तत समयमा मानबिय त्रुर्टि भएकै हो । यस्तो भबिष्यमा दोहरिनु हुदैन भन्ने सबै संस्थाका आदिपती ज्यूहरुलाई सचेत गराउन चाहन्छु । म स्वयं नाट्टाको धेरै पुरानो सदस्य रहेको नाता एक पटक कार्य समिती सदस्य समेत रहेकोले त्याहाँ भएका अस्वथ भावना प्रष्ठ बुजेको छु ।

यो संस्था हाम्रा अग्रजज्यूहरुले बनाउनु भएको सानदार धरोहर हो ,यसलाई आन्तरिक रूपमै चरणबद्ध सुधार गर्न जरुरी छ । नाट्टाको पनि चुनाबी अधिवेसन सन २०२० को जनवरीमा हुनेछ । अब आगामी चुनावमा यस्ले मूर्तरुप लिनेछ र संघ संस्थामा पेन्सन पकाउने , व्यक्तिगत व्यापार प्रर्बधन गर्ने , भित्र भित्रै आखाँ चिम्लिने रोगको अन्त्य गर्न त्यस्को लागी हामी सबैले न्यायपूर्ण भुमीका खेल्न पर्ने देखिन्छ  । जय नाट्टा ! जय पर्यटन !

लेखक हरिभक्त श्रेष्ठ होलिल्याण्ड एडभेन्चर टुर्से एण्ड ट्राभल्सका प्रबन्ध निदेशकका साथै सनः २०१५ -२०१७ का कार्यसमिती सदस्य हुन ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर