मेक्सिकोमा विमान दुर्घटना ५ को मृत्यु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ७, बिहीबार  
मेक्सिकोमा विमान दुर्घटना ५ को मृत्यु

काठमाडौँ । मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी प्राप्त भएको तर दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको स्थानीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

उक्त विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको स्थानीय पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ। दुर्घटनाग्रस्त विमानको आधा भाग नदीमा खसेको तस्वीर सामाजिक सञ्जालमा देखिएको पनि सो पत्रिकाले जानकारी दिएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर