चर्चित र्यापर भिटेन पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ७, बिहीबार  
चर्चित र्यापर भिटेन पक्राउ

काठमाडौँ ।  पछिल्लो समउ निकै चर्चामा रहेको र्याप गीत  ‘हामीयस्तै त हो नि ब्रो’ का  गायक समिर घिसिङ  भिटेन पक्राउ परेका छन् ।

भिटेनलाई बिहीबार प्रहरीले जावलाखेलबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनकारी दिएको छ । युवापुस्तामाझ निकै लोकप्रिय रहेका भिटेन ले चुरोट, कथा, हालखबर, सिमसिमे पानी, लाहुरेको फेसन जस्ता र्‍याप गीतहरु बजारमा ल्याएका छन् ।

पछिल्लो समय चर्चामा रहेको गीत ‘हामीयस्तै त हो नि ब्रो’ मा भएका शब्दहरुप्रति आपत्ति जनाउँदै भिटेनलाई प्रहरीले पक्राउ गरेको हो । उक्त गीतमा उनले नेपाल प्रहरीको असइको पोशाक लगाएर चुरोट खाइ रहेको तस्वीर फेसबुकमा पोस्ट गरेका थिए । उनको गीतमा प्रहरीलाई डन्ठे  पनि भनिएको छ ।

गीतमा भएको शब्दको कारण पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको  महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर