विद्यालयको बरण्डा भत्किँदा काठमाडौँको तारकेश्वरमा ४२ जना विद्यार्थी घाइते

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ६, बुधबार  
विद्यालयको बरण्डा भत्किँदा काठमाडौँको तारकेश्वरमा ४२ जना विद्यार्थी घाइते

काठमाडौँ । विद्यालयको बरण्डा भत्किँदा काठमाडौँको तारकेश्वरमा ४२ जना विद्यार्थी घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका ३ स्थित धर्मस्थलीमा रहेको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा खेलकुद हेरेर बसिरहेको बेला बरन्डा भाँचिएको प्रहरीले जानकारी दिएको छ । बरण्डा खस्दा घाइते भएका विद्याथीहरुलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारको लागि ल्याइएको महानगरिय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

बरण्डा भाँचिएर घाइतेहरु भएकाहरुमा ५ देखि १२ वर्ष उमेरका विद्यार्थीहरु रहेका छन् । घाइतेहरुको शरिरमा विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ । धेरै जना विद्यार्थी भएकाले भार थाम्न नसक्दा बरण्डा खसेर दुर्घटना भएको प्रहरी निरीक्षक बाल नरसिंह राणाले बताए । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर