भ्रमण वर्ष: २०२० हाम्रो धिर्ण संकल्प

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ५, मङ्गलबार  
भ्रमण वर्ष: २०२० हाम्रो धिर्ण संकल्प

काठमाडौँ, 

पर्यटन मन्त्री योगेश भट्टराईको सपथ ग्रहण  पश्चात यसमा आएको चहलपहलले केही हदसम्म पर्यटन बोर्डका सिइयो र २०२० का संयोजकलाई घोत्ले मुन्टो लगाएर सोच्ने अवस्थामा ल्याएकै हो ।

यो भनिरहदाँ अतिरन्जित र अनुपयुक्त नहोला त्यसको प्रतिक्रिया पश्चात साच्चै नै दबाब स्वरुप विभिन्न फोरम र बैठकहरु बसि बिभिन्न सरोकारवालाहरू सँग सम्मानजनक अन्तरक्रिया कार्यक्रमहरू भए । यसले खासै केहि नदेखिए पनि विश्व बजारमा पर्यटन भम्रण वर्ष २०२० को राम्रो प्रचारको सुरुवात भयो ।

पर्यटन मन्त्रीको राम्रो सुझबुजले गतिहिन गन्तव्यबाट हामी पर्यटन व्यवसायी लगायत पुरै राष्ट्र भ्रमण वर्षको सफलताको लागी अग्रगामी रुपमा छलाङमा हिडिरहेको अवस्था हुदाँ हुदै पनि, पर्यटन मन्त्रीज्यूले आफै बारम्बार मेरो एक्लो प्रयासले सम्भव छैन र विशेष त पर्यटन सरोकारवाला लगायत व्यवसायीको महत्वपुर्ण भुमिका यसमा रहन्छ भनी पर्यटन व्यवसायीलाई साथ र सहयोगको लागी अपिल गर्नुभएकोले गर्दा आज समस्त  पर्यटन व्यवसायी एक जुट भई भम्रण वर्ष २०२० लाई सफल पार्ने दिशामा अघि बढिरहेको महशुस हुन्छ ।

स्वः पर्यटन मन्त्री रविन्द्र अधिकारीको पालामा भएका विभिन्न नियुत्तीहरुले के कति कारणले भ्रमण वर्षको सदर्भमा धेरै चर्चा पाएन र कुनै कामको सुरुवात भएको महशुश पनि भएन । पर्यटन प्रबर्धनमा माखो पनि नमरेको चर्चा सँगै भम्रण वर्ष २०२० का संयोजक सुरज वैद्यज्युको नाम सबै भन्दा अग्रपंक्तिमा  असफलताको लहरमा हुन आउनु पनि विषयगत ज्ञानका कमिलेनै हुनु पर्दछ र आम पर्यटन व्यवसायीको पनि यहि धारणा बुझिन्छ ।

भिजनरी नेतृत्व र यसको प्रभाव सानातिना कुराबाट पनि पुष्टी हुन्छ , पर्यटन मन्त्रीज्यूले गर्नु भएको फेसबुक प्रचार अभियान होस , टुडिखेलमा सपथ खुवाउने विषय होस वा डेड करोड फ्लावर्स रहेको चाइनिज र विश्वकै सम्माननीय ड्रिम गर्लस किन नहोस समाजिक संजालमा नै देखिने गरि प्रत्यक्ष महशुस गरेका छौ ,भ्रमण वर्ष २०२० लाई अझै प्रत्येक प्रदेश प्रदेशमा पुग्ने र स्थानिय बासिन्दाले स्वामित्व ग्रहण गर्ने गरि खडा गरेका प्रदेश संयोजकहरुले कस्तो भुमीका खेलेका छन् या प्रदेशको संरचनाले सहयोगी भुमिका खेलेको छैन त्यसको निर्मम विश्लेषण हुन जरुरी छ ।

सदस्य तोक्दा खासै विषयगत ज्ञान नभएपनि संयोजकको हिसाबमा कम्तीमा पनि पर्यटन पेशा वा व्यवसायमा  २० बर्षको खाट्टी व्यवसायीक अनुभव बोकेको मान्छे राख्नुपर्छ । तोकिएका संयोजक कुनै जग्गा व्यापारी, कुनै मिडिया कर्मी ,कुनै नेताका खास नातागोता त कुनै नेताका झोले कायेक्रर्ताले डोको र अडिटिरियम हल मात्र भरेर भाषण ठोकेर र भोज खाएर गरिब जनताले तिरेका करको दुरूपयोग शिवाय केही हुनेवाला छैन ।

भ्रमण वर्ष २०२० बाट पर्यटन व्यवसायी त उत्साहित हुन स्वभाबिक नै हो , यस पेशाबाट राज्यले पनि ५ प्रतिशत  GDP योगदान रहेको र हाराहारीबाट बिसलाख पर्यटक नेपाल घुम्न आउदाँ १० प्रतिशत देखि १५ प्रतिशतको हाराहारीको योगदान पर्यटन क्षेत्रबाट  हुन  सक्छ ।  यसको  पछिल्लो उदारण भारतलाई लिन सक्छौ । भारत सरकारले पर्यटन वृद्धी अभियान स्वरूप भिजा अनलाईनबाट फारम भरी अनलाईनबाट नै भुक्तानी गरि अन एराईभल स्ट्याम्पिङ्ग भिजाको अवधारणबाट पर्यटक भित्रयाईरहेको हामीले प्रष्ट सँग देख्दछौ ।

यसरी हेरिहदाँ भारतले कम्तीमा पनि २५ प्रतिशतको जिडिपि योगदान पर्यटन व्यवसायबाट हासिल गर्ने उदेश्यमा गईरहेको र प्राप्त गर्ने कम्मर कसेर लागेको हामी बुज्दछौ  । अर्को नजिकको देश श्रीलङ्का वा थाइल्याण्डको त हामीले अनुमान पनि लाउन सक्दैनौ । राज्यले लिएको अठोटमा साथ , सुझाब र सल्लाहा दिन हामी सदैब तयारी अवस्थामा हुने छौ ।

अब ढिलो नगरीकन भ्रमण वर्ष २०२० मा आउने पाहुनाको बसाई लम्ब्याउनको लागी प्रत्येक प्रदेशका पर्यटक गन्तव्य बन्न सक्ने स्थानहरुको पहिचान गरिसकेका वा छुटेका स्थानहरुलाई पुन समावेस गरि  कम्तीमा १५ दिनको बसाई लम्ब्याउन सक्ने स्तिथिको सम्भावना खोज्न जरुरी छ । यसरी बसाई लम्ब्याउदाँ हरेक बस्तीमा सुत्ने, खाने , पाईखानाको राम्रो प्रबन्ध गनुपर्छ , यसको प्रबन्ध र निरिक्षणको जिम्मा प्रदेश अन्तरगत रहने गरि होसान ( होमस्टे - घर बाँस संस्थालाई ) दिदाँ अझै बढी गतिशिलता हुन सक्छ ।

अन्त्यमा, घोषणा भइसकेको कार्यक्रमको सफलता पार्नु र निडर भई सम्बन्धित निकायमा सुझाव दिदाँ अब राज्यले वा पर्यटन मन्त्रीले गर्न नसक्ने कामको लिस्ट तयार गरि बाटोको विषयमा , कनेक्टिभिटिको विषयमा , भिषाको विषयमा , अध्यागमन निकायको विषयमा , ट्राफ्रिकको विषयमा वा धुलो धुवाँको बिषय उठाएर पर्यटन प्रबंधन हुन सक्दैन , त्यस्ता विषय हाम्रो नै हो हुनु पर्थ्यो भएको छैन , भन्दैमा भ्रमण वर्षको विषयमा गलत प्रचार नगरी , राज्यले राखेको ऐतिहासिक कार्यक्रमलाई सफलता बनाउन तिर लाग्नु पर्यटन व्यवसायीको परम धर्म वा दायित्व हो भनि बुज्न म हार्दिक अनुरोध गर्दछु ।

साथै पर्यटन विभाग, पर्यटन बोर्ड, पर्यटन व्यवसायीका विभिन्न छाता संगठनहरु तथा पर्यटन प्रत्रकारितालाई पनि एक जुट भई भ्रमण वर्ष २०२० लाई सफल कसरी बनाउने भन्ने छलफल गर्न सकिन्छ । पर्यटन बोर्डका वा पर्यटन मन्त्रालयको मुख नताकी एक कदम अघि बढेर आ आफ्नो तर्फबाट कसरी पर्यटन भ्रमण वर्ष सफल पार्न सकिन्छ ? खाका तयार गरि पर्यटन मन्त्रालय र पयटन बोर्डलाई  पेश गरि पर्यटन संघ संस्थाले पनि आफ्नो औचित्य पुष्टी गर्ने सुनौलो अवसरको सदुपयोग गरेर देखाउन पनि अपिल गर्दछु ।

लेखक हरिभक्त श्रेष्ठ पर्यटन व्यवसायी, नाट्टाका पुर्व कार्यसमिति सदस्य तथा तत्कालीन एमाले अन्तर्गत पर्यटन व्यवसायी संगठन नेपालका सचिव  हुन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर