राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच  भेटवार्ता

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ४, साेमबार  
राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच  भेटवार्ता

काठमाडौँ, जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका प्रधानमन्त्री सिन्जो आबेसँग भेटवार्ता गरेकी छन् । सोमबार टोक्योस्थित आकासाका प्यालेस स्टेट गेस्ट हाउसमा भेटवार्ता भएको हो ।

उक्त भेटको लागि गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकरदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी थिए।

म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा पाँच दिन राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी  जापान पुगेकी हुन् । जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेक यही कात्तिक ५ गते स्थानीय समयानुसार दिउँसो १ बजे इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुँदै छ।

शुभराज्याभिषेक सभामा सहभागी भइ  राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार