कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका सांसद  गुरुङलाई साधारण तारेखमा छोड्न  अदालतको आदेश

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ३, आइतबार  
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका सांसद  गुरुङलाई साधारण तारेखमा छोड्न  अदालतको आदेश

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका सांसद पार्वत गुरुङलाई   साधारण तारेखमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । आजमात्रै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका  गुरुङलाई न्यायाधीश पुर्णेश्वरप्रसाद उपाध्यायको इजलाशले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ पुजी जारी भएपछि आइतबार सांसद गुरुङ आफै जिल्ला अदालतमा उपस्थित भएका थिए ।वीरध्वज खड्काले गुरुङविरुद्ध उजुरी दिएका थिए । ०६४ सालमा वीरध्वज खड्कालाई काठमाडौंको गौशालामा ज्यान लिने नियतले कुटपिट गरेको अभियोगमा गुरुङविरुद्ध गत असोजमा पक्राउ पुर्जी जारी भएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा दोलखाको जुँगुमा तत्कालीन एमाले र माओवादीबीच भएको झडपमा एमालेका कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर