रामकृष्ण ढकालको ‘टीका माला’ मा प्रकाश र सरिताको दुनियाँ रुवाउने अभिनय (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ३, आइतबार  
रामकृष्ण ढकालको ‘टीका माला’ मा प्रकाश र सरिताको दुनियाँ रुवाउने अभिनय (भिडियो सहित)

काठमाडौँ । सर्वप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको  तिहार गीत ‘टीका माला’ सार्वजनिक भएको छ ।

सर्जक रमेश बिजीको शब्दमा रहेको गीतमा बीबी अनुरागीले संगीत भरेका छन् भने गायक रामकृष्ण ढकालले स्वर दिएका छन् । बाबूआमाको मृत्युपछि भाई पालेर बसेकी एक्ली दिदीले त्यही भाइपछि दूव्र्यसनीमा फसेर भाइले दिएको दुःख पिडाको भावलाई गीतमा समेटिएको छ ।

एक्लो भाइ अनि एक्ली दिदी भाई कुलतमा फसेपछि दिदीले तिहारमा भाइ सम्झेर नआउँदाको पिडालाई गायक तथा प्रकाश सपूत र कलाकार सरिता लामिछानेले अभिनयबाट जस्तको तस्तै उतारेका छन् । 

दुर्गा पौडेलले खिचेको भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन् भने  निर्देशन शंकर बिसीले गरेका हुन् । बिन्दाबासिनी म्युजिक प्रालिबाट बजारमा आएको गीतलाई बिन्दाबासिनी म्युजिककै अफिसियल युट्युवमार्फम सार्वजनिक गरिएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार