ललितपुरको सिँचाइ हिटीमा रोकिराखेको दुई ओटा गाडीमा आगजनीे

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ३, आइतबार  
ललितपुरको सिँचाइ हिटीमा रोकिराखेको दुई ओटा गाडीमा आगजनीे

काठमाडौँ, ललितपुर महानगरपालिका १३ सिँचाइ हिटीमा रोकिराखेको दुई ओटा गाडीमा आगजनी भएको छ ।

आइतबार बिहान रोकिराखेको दुई ओटा गाडीमा आजजनी भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले बताएका छन् ।

पार्किङ गरी राखिएका बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको  प्रहरी नायब उपरीक्षक (डिएसपी) मिश्रले जानकारी दिए । ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

गाडीमा लागेको आगो दमकल र स्थानीयको सहयोगमा निभाइएको थियो । पार्कमा सँगै रोकिराखेको ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ ।आगलागी किन र कसले गरेको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर