एनआरएनएको अध्यक्षमा निर्वाचित पन्तसहितको टिमलाई पूर्वप्रधानमन्त्री नेपालद्धारा बधाई

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ३, आइतबार  
एनआरएनएको अध्यक्षमा निर्वाचित पन्तसहितको टिमलाई पूर्वप्रधानमन्त्री नेपालद्धारा बधाई

काठमाडौँ । गैरआवासिय नेपाली संघ एनआरएनएको नवौँ सम्मेलनमार्फत अध्यक्ष पदमा निर्वाचित कुमार पन्त सहितको नयाँ टिमलाई पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपालले बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष पन्तले बधाई  तथा शुभकामनाका ग्रहण गर्दै आफ्ना केही प्रतिबध्दता समेत राखेका छन् । पूर्वप्रधानमन्त्री नेपालले एनआरएनएको कामका विविध क्षेत्रहरू उल्लेख गर्दै बधाई  तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त  गरेका  छन् ।

गत बिहीबार काठमाडौँको बौद्ध स्थित हायात होटलमा भएको संघको निर्वाचनमा नेकपा निकट कुमार पन्त सहित मिश्रित परिणामा पदाधिकारीहरु निर्वाचित भएका थिए । 

 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर