विधिको शासन स्थापना गर्छौ : मन्त्री बाँस्कोटा 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक ३, आइतबार  
विधिको शासन स्थापना गर्छौ : मन्त्री बाँस्कोटा 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार विधिको शासन स्थापना गर्नलागिपरेको बताएका छन् ।

नेकपा जिल्ला कमिटी काभ्रेका शपथग्रहण कार्यक्रममा बोल्दै उनले सभामुखलाई अनुसन्धानको लागि नियन्त्रणमा लिँदा कानुनी राज देख्ने कांग्रेसले २२ जनाको हत्या आरोपीलाई नियन्त्रणमा लिँदा आक्रोशित भएको भन्दै आश्चर्य प्रकाट गरे ।

सभामुख समात्दा कानुनी राज देख्न कांग्रेस ३३ जनाको हत्या आरोपी समान्दा राज्यशक्तिको दुुरुपयोग गरेको आरोप लाग्छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भने कम्युनिष्ट सत्ता आएको होइन सरकार मात्रै कम्युनिष्टले चलाएका हुन् ।

हामी विधिको शासन कानुनी राज्य स्थापना गर्न लागेका छौँ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर