निगमको ओसाका उडान उत्साहजनक, टोकियोबाट सिधा उडान भर्ने तयारी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १, शुक्रबार  
निगमको ओसाका उडान उत्साहजनक, टोकियोबाट सिधा उडान भर्ने तयारी

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम  नेपाल एयरलाइन्सले ओसाका जापान उडानमा उत्साहजनक व्यापार गरेको छ । 

निगमले ओसाका उडान सुरु गरेसँगै आशातित व्यापार गर्न सफल भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए । अक्टोबारबाट  दुइतर्फी यात्रुको सख्या बढ्दे गएको र यात्रुको सख्या १५० देखि २ सय सम्म हुने गरेको निगमका प्रवक्ता चन्दले जानकारी दिए ।

निगमले वाइडबढी ए ३३० जहाजमार्फत जापानको ओसाका कन्साइ इन्टरनेशनल एयरपोर्टमा साताको दुई दिन मंगलबार र शनिबार उडान भर्दै आएको छ । 

गत भदौदेखि सिधा उडान सेवा सुरु गरेको थियो । शुरुको दिनमा यात्रुको कमी भएपनि पछिल्लो समय अकुपेन्सी क्रमश बढ्दै गएको र निगमको व्यापार पनि उत्साहजनक रहेको निगमले जनाएको छ ।  नेपालमा पर्यटकीय याम सुरु भएकोसँगै नेपालको महान चाड दशै, तिहार, छठ जस्ता पर्वको कारण निगमको ओसाका उडानमा फाइदा पुगेको हो ।

निगमको ओसाका उडान फस्टाउँदै गएपछि अब निगमले छिट्टै जापानको राजधानी टोकियोको नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडान भर्ने तयारी गरेको छ। टोकियोमा नेपालीको बसोबास बाक्लो रहेकाले त्यहाँबाट निगमको व्यापार पनि

राम्रो हुने अपेक्षासहित निगमले आवश्यक तयारी गरिरहेको निगमका प्रवक्ता चन्दले बताएका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार