एनआरएनएको  अध्यक्ष पदमा कुमार पन्त विजयी, हेर्नुहोस् यी हुन निर्वाचित पदाधिकारीहरु (सूचिसहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ कात्तिक १, शुक्रबार  
एनआरएनएको  अध्यक्ष पदमा कुमार पन्त विजयी, हेर्नुहोस् यी हुन निर्वाचित पदाधिकारीहरु (सूचिसहित)

काठमाडौँ , गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा  कुमार  पन्त बिजयी भएका छ्न । अध्यक्ष पदको प्रत्यासी उम्मेदवार रहेका कुल आचार्यलाई १ सय ३५ मतले पछि पार्दै पन्त अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न  बिहीबार बिहान १० बजेबाट मतदान सुरु भएको थियो भने बिहीबार रातीबाटै मतगणना सुरु भएको थियो ।

 निर्वाचनमा पन्तले १०९४ मत ल्याएका छन भने आचार्यले ९९५ मत ल्याएका छन् ।  बिहीबार राती बाट नै सुरु भएको मतगणना क्रम सकिएपनि औपचारीक रुपमा विजयी घोषणा गर्न बाँकी रहेको छ ।

यी हुन एनआरएनएको  नयाँ नेतृत्वमा निर्वाचित पदाधिकारीहरु 

अध्यक्ष : कुमार पन्त

उपाधायक्ष : बद्री केसी 

उपाध्यक्ष : अर्जुन कुमार श्रेष्ठ

उपाध्यक्ष : सोनम लामा 

उपाध्यक्ष : मन केसी 

महिला उपाध्यक्ष : रविना थापा

माहासचिव : हेमराज शर्मा 

सचिव : गौरी जोसी 

सचिव : आरके शर्मा 

कोसाध्यक्ष : महेश श्रेष्ठ

सहकोषाध्यक्ष : लोक दाहाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर